‘प्रधानमन्त्रीको व्यवहार संसदीय शिष्टाचार अनुकूल भएन’
सारांश
- नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार लोकतान्त्रिक पद्धति, संवैधानिक मर्यादा र स्थापित राजनीतिक संस्कृतिप्रति इमानदार नदेखिएको आरोप लगाएका छन्।
- उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्रीको बीचमै सभाहलबाट बाहिरिनु संसदीय शिष्टाचार र लोकतान्त्रिक संस्कारअनुकूल नभएको टिप्पणी गरेका छन्।
- महरले लोकतन्त्र केवल निर्वाचनको प्रक्रिया नभई मान्यता, परम्परा, संवैधानिक अनुशासन र राजनीतिक संस्कृतिको समष्टि भएको उल्लेख गर्दै जिम्मेवार व्यक्तिहरूले यसको सम्मान गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार लोकतान्त्रिक पद्धति, संवैधानिक मर्यादा र स्थापित राजनीतिक संस्कृतिप्रति अपेक्षित रूपमा इमानदार देखिन नसकेको आरोप लगाएका छन्।
स्कुल अफ डेमोक्रेसी वाग्मती प्रदेशद्वारा काठमाडौँमा आयोजित ‘उन्नत लोकतन्त्रका चुनौती’ विषयक विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
सङ्घीय संसद्मा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बीचमै सभाहलबाट बाहिरिएको घटनालाई महरले गलत र अस्वाभाविक व्यवहार भएको टिप्पणी गरे। उनले भने, ‘राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सरकारकै आधिकारिक दस्तावेज हो। यस्तो संवेदनशील र गरिमामय क्षणमा प्रधानमन्त्री बीचमै बाहिरिनु संसदीय शिष्टाचार र लोकतान्त्रिक संस्कारअनुकूल देखिँदैन।’
महरले लोकतन्त्र केवल निर्वाचनको प्रक्रिया मात्र नभई स्थापित मान्यता, परम्परा, संवैधानिक अनुशासन र राजनीतिक संस्कृतिको समष्टि भएको उल्लेख गरे। राज्यका जिम्मेवार व्यक्तिहरूले आफ्नो व्यवहारबाट लोकतान्त्रिक मूल्य र संस्थागत मर्यादाको सम्मान गर्नुपर्नेमा उनले जोड दिए। पदभन्दा पद्धति ठूलो हुने भन्दै उनले पछिल्ला गतिविधिले स्थापित राजनीतिक परम्परामाथि प्रहार भइरहेको अनुभूति जनतामा बढ्दै गएको बताए।
संविधान, संसद् र राष्ट्रप्रमुखसँग जोडिएका विषयहरूमा सरकार अझ बढी जिम्मेवार र संवेदनशील बन्न आवश्यक रहेको महरको भनाइ छ। उनले बहुदलीय व्यवस्थामा राजनीतिक दल र नेतृत्व यस विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिँदै सरकारको यस्तो रवैयाले लोकतान्त्रिक संस्कृतिमाथि नकारात्मक प्रभाव पार्न सक्ने भन्दै भद्र चेतावनी समेत दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण