मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
संसद्

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

मङ्गलबार, २९ वैशाख २०८३, १७ : १०
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका छन्।
  • सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी राईलाई पदमुक्त गरिएको हो।
  • संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम यो निर्णय भएको छ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। 

राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।

सभामुख डोल प्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले यो निर्णय लिएका हुन्। संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

1-29_पदमुक्ति_विज्ञप्ति_IMG_0001

यसअघि, वैशाख १७ गते सङ्घीय संसद्का महासचिव र सचिवको सेवा सर्त र सुविधासम्बन्धी ऐनको दफा ६ को खण्ड (ङ) मा भएको व्यवस्था अनुसार सभामुखले सचिव राईलाई स्पष्टीकरण सोधेका थिए । यस अनुसार सचिव राईले वैशाख २१ सोधेको स्पष्टीकरणको जवाफ बुझाएका थिए ।

कार्यक्षमता नदेखिएमा र पदीय जिम्मेवारीमा जवाफदेही नभएको खण्डमा स्पष्टीकरण सोधेर हटाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था छ । तर हटाउनुअघि सफाइको मौका दिनुपर्ने हुन्छ । सोहीअनुसार स्पष्टीकरण सोधिएको थिए ।

तत्कालीन सभामुख देवराज घिमिरेको सिफारिसमा २०८१ पुस १६ गते राई सचिव नियुक्तिका लागि सिफारिस भएका थिए । 

संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप