अर्घाखाँची बस दुर्घटनाः मृतक र घाइतेहरूको परिचय खुल्यो
बुटवल । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु तथा घाइते हुनेहरूको परिचय खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दिएको जानकारीअनुसार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको लु १ ख ५०८ नम्बरको बस आज बिहान करिब ११ बजे अनियन्त्रित भई सडकबाट करिब १८० फिट तल खसेको थियो ।
दुर्घटनामा कास्की पोखरा महानगरपालिका–११ निवासी ७८ वर्षीया रममाया बस्नेत, ७८ वर्षीया बिन्दु कुँवर, पर्वत मोदी गाउँपालिका–५ निवासी ५० वर्षीया कौशिला रेमी तथा चालक ४५ वर्षीय रमेश जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा; पर्वत मोदी गाउँपालिका–५ का २७ वर्षीय अमा पौडेल, ४९ वर्षीय बिनु केसी, ६६ वर्षीया दिया पौडेल, ६९ वर्षीय देवबहादुर अबली, ५० वर्षीया राधिका रोका, ७० वर्षीय मिना कुँवर, ६२ वर्षीय लिला बहादुर कुँवर, ७७ वर्षीय ताराबहादुर रेमी, २२ वर्षीय प्रदीप पौडेल, ५१ वर्षीय दुर्गाबहादुर पौडेल, २७ वर्षीय विशाल पौडेल, ५२ वर्षीय होम कुँवर, ८१ वर्षीय बाबुली पौडेल, ५० वर्षीया उजेली कुमारी क्षेत्री, २० वर्षीय प्रताप क्षेत्री, ७८ वर्षीय पदमबहादुर कुँवर, २७ वर्षीय रोहित कुँवर, ७५ वर्षीया देवी कुँवर, ३२ वर्षीया हिरामाया कुँवर, ६८ वर्षीय लालबहादुर रेमी, ८ वर्षीय स्मारट कुँवर, ३२ वर्षीया दिया सुवेदी, २७ महिनाकी सम्राजी कुँवर, २८ वर्षीय सागर कुँवर, ४२ वर्षीया पवित्रा जि ।सी ।, ४७ वर्षीया पवित्रा कुमारी पौडेल तथा कास्की अन्नपूर्ण गाउँपालिका–८ निवासी ५५ वर्षीया सिता कुँवर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण