दाङमा करेन्ट लागेर बस चालकको मृत्यु
मङ्गलबार, २९ वैशाख २०८३, २१ : १९
दाङ । करेन्ट लागेर दाङमा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
उनका अनुसार आज दिउँसो बबई गाउँपालिका–७ पातिहाल्नास्थित भित्री सडकखण्डमा मलईबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ख २१९८ नम्बरको बसको टायर पन्चर भएको थियो । टायर फेर्ने क्रममा बसको छतमा चढेका चालक वलीलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण