भारतमा सुन–चाँदीको आयात शुल्कमा भारी वृद्धि, ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइयो
सारांश
- भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ।
- बढ्दो व्यापार घाटा कम गर्न र कमजोर बन्दै गएको भारतीय रुपैयाँलाई थप गिरावटबाट जोगाउन यो निर्णय लिइएको हो।
- व्यवसायीहरूले कर वृद्धिसँगै सुनको तस्करी बढ्न सक्ने र बजारमा माग घट्ने अनुमान गरेका छन्।
नयाँ दिल्ली । भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ। मंगलबार जारी गरिएको एक सरकारी आदेश अनुसार बढ्दो व्यापार घाटा कम गर्न र कमजोर बन्दै गएको भारतीय रुपैयाँलाई थप गिरावटबाट जोगाउन यो निर्णय लिइएको हो।
सरकारले १० प्रतिशत बेसिक कस्टम ड्युटी र ५ प्रतिशत एग्रिकल्चर इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट सेस लागू गरेको छ। यसरी कुल प्रभावकारी कर १५ प्रतिशत पुगेको छ। यसअघि सन् २०२४ को मध्यतिर कर घटाएर ६ प्रतिशत कायम गरिएको थियो।
विदेशी मुद्रा सञ्चितिमा परिरहेको दबाबलाई कम गर्न र सुनको आयात घटाउन सरकारले यो कदम चालेको हो। भारत विश्वकै दोस्रो ठूलो सुन उपभोक्ता राष्ट्र हो र यसले आफ्नो आवश्यकताको करिब ९९ प्रतिशत सुन विदेशबाट आयात गर्छ। कुल आयात खर्चमा सुनको हिस्सा मात्रै ९ प्रतिशत रहेको छ।
व्यवसायीहरूले भने कर वृद्धिसँगै सुनको तस्करी बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। पहिले कर घटाउँदा तस्करीमा कमी आएको थियो, तर अहिलेको वृद्धिले अवैध कारोबारलाई प्रोत्साहन मिल्न सक्छ। यसका साथै सुनको मूल्य बढ्दा बजारमा माग पनि घट्ने अनुमान गरिएको छ।
हालै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देशवासीहरूलाई एक वर्षसम्म सुन नकिन्न आग्रह गरेका थिए। उनले विदेशी मुद्रा बचाउनु अहिलेको देशभक्ति भएको भन्दै घरमा हुने कार्यक्रमहरूमा सुनका गहना नकिन्न अपिल गरेका थिए। मोदीको यो अपिलपछि भारतका ठूला ज्वेलरी कम्पनीहरू टाइटन, कल्याण ज्वेलर्स र सेन्को गोल्डको सेयर मूल्यमा १० प्रतिशतसम्म गिरावट आएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण