सहकारी पीडितहरूद्वारा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय घेराउ
बुधबार, ३० वैशाख २०८३, १४ : ३०
सारांश
- सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय घेराउ गरेका छन् ।
- सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको नेतृत्वमा पीडितहरूले बुधवार कार्यालय घेराउ गरी दबाब दिएका हुन् ।
- पीडितहरूले बागमती प्रदेशका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरी बचत फिर्ताको माग गरेका छन् ।
काठमाडौँ । सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय घेराउ गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको नेतृत्वमा सहकारी पीडितहरूले बुधवार कार्यालय घेराउ गरेका हुन् ।

देउराली सहकारीसहित अन्य सहकारी पीडितहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरि आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यालयमा दबाब दिएका छन् । सहकारी पीडितहरूले बागमती प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् ।

पीडितहरूले कार्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएको भन्दै आक्रोश कर्मचारीहरूसँग आक्रोश व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण