मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

इरान युद्धः ऊर्जा कम्पनीको अतिरिक्त नाफामा कर लगाउनेबारे ईयू छलफलमा

बुधबार, ३० वैशाख २०८३, १४ : ५१
बुधबार, ३० वैशाख २०८३

सारांश

  • युरोपेली संघ (ईयू)का ऊर्जा मन्त्रीहरूले इरान युद्धका कारण बढेको ऊर्जाको मूल्यबाट उत्पन्न अतिरिक्त नाफामा कर लगाउने विषयमा छलफल गरिरहेका छन् ।
  • ग्रीसका ऊर्जा मन्त्री स्टाभ्रोस पापास्ताभ्रोले युद्धपछि भएको मूल्यवृद्धिबाट ऊर्जा कम्पनीहरूले असामान्य नाफा कमाएको भन्दै त्यसमा कर लगाउने विकल्पबारे छलफल भइरहेको बताएका हुन् ।
  • स्पेनकी ऊर्जा मन्त्री सारा आगेसेनले स्पेनसहित कम्तीमा पाँच युरोपेली देश यस प्रकारको करको पक्षमा रहेको जानकारी दिएकी छिन् ।

ब्रसेल्स । यूरोपेली संघ (ईयू)का ऊर्जा मन्त्रीहरूले इरान युद्धका कारण बढेको ऊर्जाको मूल्यबाट उत्पन्न अतिरिक्त नाफामा कर लगाउने विषयमा छलफल गरिरहेको बताएका छन् । 

समाचार संस्था रोयटर्सका अनुसार ग्रीसका ऊर्जा मन्त्री स्टाभ्रोस पापास्ताभ्रोले युद्धपछि भएको मूल्यवृद्धिबाट ऊर्जा कम्पनीहरूले असामान्य नाफा कमाएको भन्दै त्यसमा कर लगाउने विकल्पबारे छलफल भइरहेको बताएका हुन् ।

स्पेनकी ऊर्जा मन्त्री सारा आगेसेनले पनि स्पेनसहित कम्तीमा पाँच युरोपेली देश यस प्रकारको करको पक्षमा रहेको जानकारी दिएकी छिन् ।
 युरोपमा ऊर्जा बजार इरान युद्धपछि अस्थिर बनेको र तेल तथा ग्यासको मूल्य बढेपछि धेरै ऊर्जा कम्पनीहरूले ठूलो नाफा कमाएको बताइन्छ ।

 यही अतिरिक्त नाफालाई लक्षित गरेर कर लगाउने प्रस्ताव अघि सारिएको हो । ईयूका ऊर्जा मन्त्रीहरूको बैठक बिहीबार साइप्रसको निकोसियामा हुने तय गरिएको छ, जहाँ यस प्रस्तावबारे थप छलफल हुने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप