प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीद्वारा नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत
सारांश
- आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम राष्ट्रिय सभामा छलफलका लागि पेस गरिएको छ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव प्रस्तुत गरे।
- नीति तथा कार्यक्रममाथि १९ जना सांसदहरूले ८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
काठमाडौँ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रिय सभामा पेस गरिएको छ।
बुधबार बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सोही कार्यक्रमलाई निर्णयार्थ अघि बढाउन र सदनमा विस्तृत बहसका लागि अर्थमन्त्रीले प्रस्ताव राखेसँगै राष्ट्रिय सभामा छलफलको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभाका १९ जना सांसदहरूले विभिन्न बुँदामा विमति र सुधारको माग गर्दै ८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। दर्ता भएका संशोधन प्रस्तावहरू र नीति तथा कार्यक्रमका प्राथमिकतामाथि अब सांसदहरूले धारणा राख्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण