बादलका तीन शब्द संसद्को रेकर्डबाट हटाइयो
सारांश
- नेकपा एमालेका नेता रामबहादुर थापा बादलले संसद बैठकमा प्रयोग गरेका तीन वटा असंसदीय शब्दहरू रेकर्डबाट हटाइएको छ ।
- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड 'घ' विपरीतका शब्दहरू हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका हुन् ।
- एमाले सांसदले माग गरेपछि 'अराजकहरूको भिड', 'राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू' र 'नेपाली सेना मूकदर्शक' जस्ता शब्दहरू हटाइएको सभामुखले जानकारी दिए ।
काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका तीन वटा शब्दहरू संसद्को रेकर्डबाट हटाइएको छ ।
नेता थापाले मंगलबारको संसद बैठकमा सम्बोधन गर्ने क्रममा असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन सत्तापक्षका सांसदको माग अनुसार ती शब्दहरू हटाइएको सभामुख डोलप्रसाद अर्यालले बुधवारको बैठकमा जानकारी गराएका हुन् ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत थापाले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका थिए ।
तर कुन कुन शब्द हटेको भन्ने जानकारीका लागि एमाले सांसदले माग गरेका थिए । एमाले प्रमुख सचेतक ऐन महरले त्यसबारे जानकारी माग गरेपछि सभामुख अर्यालले त्यसबारे जानकारी दिएका थिए ।
‘सभालाई अराजकहरूको भिड र राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मूकदर्शक भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गरेको छु,’ सभामुख अर्यालले जानकारी दिए । तर बादलले बोलेका शब्दमात्र हटाएर कुनै एक सांसदको मानमर्दन गरेको भन्दै एमालेका अर्का सांसद गुरु बरालले सभामुखको पुन ध्यानाकर्षण गराएका थिए । उनले अन्य सांसदका अमर्यादित शब्दहरू पनि हटाउनुपर्ने माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण