सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रकाश अधिकारी प्रतिनिधिसभाको सचिवमा नियुक्त

बुधबार, ३० वैशाख २०८३, १६ : ३४
बुधबार, ३० वैशाख २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् ।
  • सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई सचिवमा नियुक्त गरिएको हो ।
  • यसअघि हर्कराज राईलाई पदमुक्त गरेपछि नयाँ नियुक्ति गरिएको हो ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरिएको हो ।

राष्ट्रपतिले यसअघि सभामुख डीपी अर्यालको सिफारिसमा हर्कराज राईलाई पदमुक्त गरेका थिए । उनी पदमुक्त भएसँगै राष्ट्रपतिले नयाँ नियुक्ति गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप