नागढुङ्गाबाट ब्राउनसुगर सहित एक महिला पक्राउ
बुधबार, ३० वैशाख २०८३, १७ : १६
सारांश
- लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६ ग्राम सहित झापाकी ३४ वर्षीया गंगा राई नागढुङ्गाबाट पक्राउ परेकी छिन् ।
- प्रहरीले विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा सवार राईलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
- पक्राउ परेकी राईमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौँ । लागूऔषध ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छन् । बुधबार बिहान चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २ सय ६ ग्राम ब्राउनसुगरसहित झापा बिर्तामोड नगरपालिका–४ बस्ने ३४ वर्षीया गंगा राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९८५१ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पक्राउ परेकी राईमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण