सभामुखले प्रधानमन्त्रीसँग छलफल गर्ने
सारांश
- विपक्षीले सदनमा प्रधानमन्त्रीको खोजी गरेपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने भएका छन् ।
- बुधबार तेस्रो पटक पनि प्रतिनिधिसभा बैठक सुचारु नभएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई नीति तथा कार्यक्रमको छलफलमा उपस्थित हुन आग्रह गर्ने भएका हुन् ।
- सभामुख अर्यालले प्रधानमन्त्रीसँग छलफल गर्ने र भोलिको बैठकबारे जानकारी गराउने बताएका थिए ।
काठमाडौँ । विपक्षीले सदनमा प्रधानमन्त्रीको खोजी गरेपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने भएका छन् ।
बुधबार तेस्रो पटक पनि प्रतिनिधिसभा बैठक सुचारु नभएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई नीति तथा कार्यक्रमको छलफलमा उपस्थित हुन आग्रह गर्ने भएका हुन् ।
तर, अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको प्रस्टीकरण दिइसकेका छन् । बुधबारको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई अनिवार्य उपस्थित गराउन रुलिङको माग गरेपछि उनले यस्तो बताएका हुन् ।
‘हामी कानुन निर्माणको थलोमा छौँ । हामी त्यही कानुनमा टेकेर सभा सञ्चालन गरिरहेका छौँ । हामी त्यसैमा टेकेर सदन सञ्चालन गर्न चाहन्छौँ’, सभामुख अर्यालको भनाइ छ ।
त्यसक्रममा उनले प्रधानमन्त्रीसँग छलफल गर्ने र भोलिको बैठकबारे जानकारी गराउने बताएका थिए । बैठक अवरोधपछि दलहरूसँगको परामर्शमा पनि सभामुखले सोही कुराको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण