यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला विजयी
सारांश
- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट पुण्यप्रसाद सिटौला (सरोज) अध्यक्षमा निर्वाचित भएका छन् ।
- कुल १ हजार ५ सय ६० मतमध्ये सिटौलाले १ हजार ३० मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी हरिशरण केसीलाई ४ सय ६४ मतले पछि पारे ।
- नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने, अनलाइन टिकेटिङ, जीपीएस सिस्टम जडान र क्यासलेस प्रणालीलाई प्राथमिकता दिने घोषणा गरेका छन् ।
पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) फराकिलो मतान्तरले निर्वाचित भएका छन् । पोखरामा भएको अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हरिशरण केसीलाई भारी मतले पछि पार्दै सिटौला महासङ्घको नेतृत्वमा पुगेका हुन् ।
जम्मा खसेको १ हजार ५ सय ६० मतमध्ये सिटौलाले १ हजार ३० मत प्राप्त गरे भने केसीले ४ सय ६४ मत मात्र पाए । अध्यक्षमा विजयी सिटौलालाई नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरूको समर्थन रहेको थियो । केसीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । महासङ्घको तीन जना वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐन कुमार साई र केदार प्रसाद पौडेल विजयी भएका छन् ।
यो पदमा ६ जनाबिच प्रतिस्पर्धा भएको थियो । प्रजापतिले सर्वाधिक ८ सय २६ मत ल्याएर विजयी भए । त्यसैगरी पोखराका ऐन कुमार साई ७ सय ४९ मत र केदार प्रसाद पौडेल ५ सय ७९ मतसहित वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी, महासचिवमा डेकनाथ गौतम विजयी भएका छन् ।
३ जनाको प्रतिस्पर्धा रहेको महासचिवमा गौतमले ६ सय ९८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धीहरू ज्ञानेन्द्र श्रेष्ठले ४ सय ८९ र शम्भु प्रसाद रिजालले २ सय ८३ मत पाए ।
कोषाध्यक्ष पदमा राजेन्द्र आचार्य ७ सय १६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरू राजेश कुमार श्रेष्ठले ५ सय १२ र किरण कुमार खड्काले २ सय २५ मत प्राप्त गरे ।
महासङ्घको ८६ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ८४ पदका लागि मतदान भएको हो । नयाँ नेतृत्व चयन गर्न देशभरका ३ सय ८७ संस्थाका १ हजार ६ सय ६३ प्रतिनिधि पोखरामा जम्मा भएका थिए ।
नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने विषयलाई मुख्य प्राथमिकतामा राखेका छन् । अनलाइन टिकेटिङ, जीपीएस सिस्टम जडान र क्यासलेस प्रणालीलाई प्राथमिकता दिने उनको घोषणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण