बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सर्लाहीमा निर्माणाधीन घरको छत भत्किँदा दुई मजदुरको मृत्यु

बुधबार, ३० वैशाख २०८३, १९ : ५८
बुधबार, ३० वैशाख २०८३

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा निर्माणाधीन एक घरको छत भत्किँदा दुई कामदारको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका–१० बस्ने रंजित यादवको चारतल्ले पक्की घरमा काम गरिरहेका दुई मजदुरको छतसहित जमिनमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार अपराह्न करिब पौने पाँच बजेतिर मलंगवा नगरपालिका–२ बस्ने ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ बस्ने ४० वर्षीय राजकिशोर यादवको छतबाट खसेर मृत्यु भएको हो । उनीहरू पानी ट्यांकी राख्नका लागि बनाइएको ढलान छत प्लास्टर गर्ने क्रममा थिए । 

प्लास्टर गर्ने क्रममा छतसहित जमिनमा खस्दा दुवै जनाको शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घाइते अवस्थामा उनीहरूलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा साँझ चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए । 

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको थियो । घटना भएको स्थान जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तरमा पर्दछ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप