फिलिपिन्सको संसद्मा चल्यो गोली
बुधबार, ३० वैशाख २०८३, २० : १५
काठमाडाैँ । फिलिपिन्सको राजधानी मनिलास्थित संसद् (सिनेट) भवनमा गोली चलेको छ । बुधबार संसद् भवनमा १२ राउन्डभन्दा बढी चलेको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
फिलिपिन्सका सिनेटर रोनाल्ड डेला रोजालाई गिरफ्तार गर्ने प्रयासका बिच यो घटनाक्रम भएको हो । डेला रोजामाथि अन्तर्राष्ट्रिय अपराध न्यायालय (आईसीसी)द्वारा मानवताका विरुद्ध अपराधको आरोप लागेको छ । उनीमाथि पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेको ड्रगविरोधी अभियानका क्रममा कथित हत्यामा भूमिका निर्वाह गरेको आरोप छ ।
डेला रोजा केही दिनदेखि संसद् परिसरमै रहँदै आएका छन् । सिनेटको नेतृत्वले उनलाई प्रोटेक्टिभ कस्टडी प्रदान गरेको छ ।
डेला रोजालाई पक्राउ गर्न प्रहरी टोली पुगेपछि गोली चलेको हो । गोली कसले चलाएको हो भन्ने प्रस्ट भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण