कोशी अस्पतालका १ सय ७७ कर्मचारी अनुपस्थित
बुधबार, ३० वैशाख २०८३, २२ : ५२
मोरङ । कोशी अस्पताल विराटनगरमा आज अनुगमनका क्रममा एक सय ७७ जना चिकित्सक, कर्मचारी र प्राविधिक अनुपस्थित रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले गरेको अनुगमनका क्रममा हाजिर अभिलेख जाँचका क्रममा अस्पताललाई कुनै जानकारीविना ती कर्मचारी अस्पतालमा अनुपस्थित रहेका पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
चिकित्सक र अन्य कर्मचारीहरू अस्पतालमा कार्यालय समयमा अनुपस्थित हुने गरेको गुनासोपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गरिएको थियो । अस्पताल प्रशासनलाई जानकारीविना अनुपस्थित रहेकाहरूलाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
कोशी अस्पतालबाट सुरु गरिएको सुशासनका लागि सुरु गरिएको अभियानका क्रममा अन्य कार्यालय तथा बजारमा समेत अनुगमन गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण