शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
धर्ना

निर्माण व्यवसायीद्वारा सडक विभागमा धर्ना, तस्बिरहरू

बिहीबार, ३१ वैशाख २०८३, ११ : ३८
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागमा धर्ना दिएको छ।
  • मूल्यवृद्धिका कारण देशभरका आयोजनाहरू बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले सम्बोधन नगरेको भन्दै व्यवसायीहरूले धर्ना र ध्यानाकर्षण पत्र बुझाएका छन्।
  • सरकारले मूल्यवृद्धिलाई तत्काल सम्बोधन नगरेसम्म निर्माणका सम्पूर्ण कामहरू ठप्प पार्ने व्यवसायीहरूको चेतावनी छ।

काठमाडौँ । इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागमा धर्ना दिएको छ। 

nirman byawasayi dharna (2)

अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत नेपाल सरकारले यस विषयलाई सम्बोधन नगरेको भन्दै महासङ्घ र एशोसिएट सदस्य समन्वय समितिले बिहीबार धर्ना दिएका हुन्। 

nirman byawasayi dharna (3)

व्यवसायीहरूले सडक विभागमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। मूल्यवृद्धिको मारमा परेका निर्माण व्यवसायीहरूले सरकारको उदासीनताका कारण काम अगाडि बढाउन नसकिने बताएका छन्। 

nirman byawasayi dharna (4)

विरोध कार्यक्रममा बोल्दै आयोजकले निर्माणका सम्पूर्ण कामहरू आजैका मितिबाट थप प्रभावित हुने र ठप्प पारिने जानकारी दिएका छन्। मूल्यवृद्धिलाई सरकारले तत्काल सम्बोधन नगरेसम्म आयोजनाहरू अगाडि बढ्न नसक्ने व्यवसायीहरूको अडान रहेको छ। 

nirman byawasayi dharna (5)nirman byawasayi dharna (6)nirman byawasayi dharna (7)nirman byawasayi dharna (9)nirman byawasayi dharna (10)nirman byawasayi dharna (11)nirman byawasayi dharna (12)nirman byawasayi dharna (13)

nirman byawasayi dharna (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप