सुकुमबासीलाई थप पीडा नदेउ, बासको सुनिश्चितता गरेर मात्र डोजर चलाऊ : सांसद चौधरी
सारांश
- नेकपा (एमाले) की सांसद पूजा चौधरीले सुकुम्बासी बस्ती हटाउनुअघि उनीहरूको वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
- उनले काठमाडौँ उपत्यकाका सुकुम्बासीहरूको अवस्था अत्यन्त अव्यवस्थित र कष्टकर रहेको भन्दै उचित व्यवस्थापन बिना बस्ती भत्काउँदा भूमिहीनहरूको खानपान, पिउने पानी र शिक्षा प्रभावित भएको बताइन्।
- सांसद चौधरीले बासको ग्यारेन्टी र आधारभूत आवश्यकताको सुनिश्चितता नगरी बस्तीहरू भत्काउने कार्य न्यायसंगत नहुने तर्क गरेकी छन्।
काठमाडौँ । नेकपा (एमाले) की सांसद पूजा चौधरीले सुकुमबासी बस्तीहरू हटाउनुअघि उनीहरूको वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले काठमाडौँ उपत्यकाका सुकुमबासीहरूको अवस्था अत्यन्त अव्यवस्थित र कष्टकर रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सांसद चौधरीले सुकुमबासी बस्ती भत्काउँदा उचित व्यवस्थापन नगरिएका कारण भूमिहीनहरूको खानपान, पिउने पानी र विशेषगरी बालबालिकाको शिक्षा प्रभावित भएको बताइन्। बस्ती हटाइएपछि बालबालिका र अभिभावक छुट्टाछुट्टै स्थानमा बस्न बाध्य भएको र उनीहरू विद्यालय जाने विषय समेत अन्योलमा परेको उनले उल्लेख गरिन्।
बैठकमा बोल्दै उनले भनिन्, ‘सुकुमबासीहरूको अवस्था अस्तव्यस्त छ र न राम्रो खानाको व्यवस्था छ, न पिउने पानीको नै कुनै राम्रो व्यवस्था छ। बालबच्चाहरू कतै बसिराखेका छन् त आमाबुबाहरू कतै। कहिलेदेखि स्कुल जाने भन्ने विषयमा पनि अझै अन्योल छ। म सरकारलाई आग्रह गर्न चाहन्छु, अब भत्काउन बाँकी सुकुमबासीहरूको राम्रो व्यवस्था होस् अनि मात्र भत्काइयोस्।’
उनले सुकुमबासी समस्या हल गर्ने नाममा भूमिहीनहरूलाई थप पीडा नदिन समेत सरकारसँग आग्रह गरेकी छन्। बासको ग्यारेन्टी र आधारभूत आवश्यकताको सुनिश्चितता नगरी बस्तीहरू भत्काउने कार्य न्यायसंगत नहुने उनको तर्क छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण