काठमाडौँबाट ८३ ग्राम खैरो हेरोइनसहित एकजना पक्राउ
बिहीबार, ३१ वैशाख २०८३, १६ : ४२
सारांश
- लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरी टोलीले काठमाडौँको बुढानीलकण्ठबाट ८३ ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ ठेगाना भएका ३१ वर्षीय केदार राई रहेका छन्।
- प्रहरीले उनको साथबाट लागुऔषध जोख्न प्रयोग गरिने एक थान डिजिटल तराजु समेत बरामद गरेको छ।
काठमाडौँ । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरी टोलीले काठमाडौँको बुढानीलकण्ठबाट ८३ ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
ब्यूरोले बिहीबार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ स्थित क्षेत्रबाट अवैध लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ ठेगाना भएका ३१ वर्षीय केदार राई रहेका छन्। प्रहरीले उनको साथबाट लागुऔषध जोख्न प्रयोग गरिने एक थान डिजिटल तराजु समेत बरामद गरेको छ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका राईमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ। प्रहरीले उनी लागुऔषधको कारोबारमा कति समयदेखि संलग्न थिए र यसको स्रोत के हो भन्नेबारे खोजी गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण