त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई
बिहीबार, ३१ वैशाख २०८३, १७ : ०६
सारांश
- त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा.सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।
- प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपतिले बज्राचार्यलाई रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी दिएका हुन् ।
- बज्राचार्यले वैशाख ३१ गते कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गरेका छन् ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा.सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले यही वैशाख ३० गतेको निर्णायानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्ने गरी बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।
इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्ने गरी बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी तोकिएको त्रिवि स्रोतले जनाएको छ । बज्राचार्यले वैशाख ३१ बिहीबार कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण