चोभारमा गोली चलेको घटना : घाइते शाहीको बयोधा अस्पतालमा उपचार हुँदै
सारांश
- राजधानीको चोभारमा प्रहरीले कीर्तिपुर हत्याकाण्डका आरोपी सुजन शाहीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ ।
- गोली लागेर घाइते भएका शाहीको दाहिने खुट्टामा बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
- प्रहरीका अनुसार शाही कीर्तिपुरमा भएको विपिन घिमिरे हत्याका मुख्य आरोपी हुन् ।
काठमाडौँ । राजधानीको चोभारमा प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुरमा भएको हत्याकाण्डका आरोपीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
प्रहरीको गोली लागेर कालीकोट घर भएका सुजन शाही घाइते भएका छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ । घाइते शाहीलाई तत्काल नियन्त्रणमा लिएर उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल भर्ना गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले शाहीलाई पक्राउ गर्ने क्रममा स्थिति नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको जानकारी दिए ।
शाही केही दिनअघि कीर्तिपुरमा भएको युवाको हत्यामा संलग्न मुख्य आरोपी भएको प्रहरीको भनाइ छ । कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका घिमिरेको देवढोकास्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार उक्त हत्यामा तीन जनाको संलग्नता रहेको खुलेको छ । यसअघि नै घटनामा संलग्न अन्य व्यक्तिहरू पक्राउ परिसकेका छन् भने फरार रहेका शाहीको खोजी गर्ने क्रममा आज चोभारमा प्रहरीसँग जम्काभेट भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण