विद्यार्थी सङ्गठन प्रतिबन्ध विरुद्ध मार्चपास, तस्बिरहरू
सारांश
- विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी सङ्गठनले काठमाडौँमा 'प्रतिबन्धविरुद्ध प्रतिरोध गरौँ' नारासहित मार्चपास गरेको छ।
- त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्मको मार्चपासमा विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता र विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए।
- विद्यार्थी सङ्गठनहरूले विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्ध सरकारको तयारीको विरोधमा र्याली आयोजना गरिएको र लोकतान्त्रिक अभ्यास कमजोर पार्ने कदम स्वीकार्य नहुने बताएका छन्।
काठमाडौँ। विद्यार्थी दिवसको अवसर पारेर संयुक्त विद्यार्थी सङ्गठनले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौँ’ भन्ने नारासहित शुक्रबार काठमाडौँमा मार्चपास गरेको छ।
त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ र ‘प्रधानमन्त्री नशा, देश दशामा’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा र्याली आयोजना गरिएको बताएका छन्।
उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन्।
विद्यार्थी दिवसको सन्दर्भमा आयोजित उक्त प्रदर्शनलाई विद्यार्थी अधिकार, स्वतन्त्र विद्यार्थी राजनीति र शैक्षिक संस्थाको स्वायत्तताको पक्षमा गरिएको साङ्केतिक प्रतिरोधका रूपमा हेरिएको छ।
_Q41VGUQ0II.jpg)
_LekBOcV9Nt.jpg)
_I6TpXnZgWf.jpg)
_gg8JNLylVr.jpg)
_Eqc1D3leFE.jpg)
_mLHgh5gx0V.jpg)
_QJJV2PFCCm.jpg)
_yJLPMJC2Dz.jpg)
_35xcv98E6w.jpg)
_NIiMRl99m5.jpg)
_jnhmmhjonK.jpg)
_7ahilr0ZgY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण