बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डाक्टर अञ्जान शाक्यको ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ बजारमा

शुक्रबार, ०१ जेठ २०८३, १५ : ५५
शुक्रबार, ०१ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय सभाका सांसद डाक्टर अञ्जान शाक्यको म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ । 

‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘ अञ्जानपथ’ जस्ता एकल एल्बम र अन्य दर्जनभन्दा बढी कलेक्सन एल्बममा समेत गीत गाएकी शाक्यको यो पछिल्लो म्युजिक भिडियो हो ।

गीतका शब्द राजी किपूका हुन् भने संगीत हरी सायमीले भरेका हुन् । स्ट्रिङ रेर्कडिङ स्टुडियोले उत्पादन गरेको हो ।

करिब २३ वर्ष अघि ‘शिरीष’ एल्बम निकालेकी शाक्य त्यसपछि भने विद्यावारिधिको तयारी र व्यवसायिक काममा बढी व्यस्त बनेपछि गीत/संगितको यात्राबाट केही समय टाढिए पनि केही महिना अघि मात्रै ‘मेरो गीत भित्र’ म्युजिक भिडियो ल्याएकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप