बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

पूर्णबहादुर खड्काको उपस्थितिमा कांग्रेस कर्णालीले आयोजना गर्‍याे ‘बृहत्तर एकता र भावी कार्यदिशा’ विचार गोष्ठी

शुक्रबार, ०१ जेठ २०८३, २१ : ३६
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा सुर्खेतमा 'पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा' विषयमा विचार गोष्ठी आयोजना गरियो ।
  • कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा शनिबार र आइतबार भएको उक्त कार्यक्रममा पार्टीको आन्तरिक एकता र भविष्यको कार्यदिशाबारे छलफल गरियो ।
  • कार्यक्रममा कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व पदाधिकारी, सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतलाई आमन्त्रण गरिएको थियो ।

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सहभागितामा कर्णाली प्रदेशस्तरीय भेला भएको केही दिनमै सुर्खेतमा निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा विचार गोष्ठीको आयोजना गरिएको छ।

कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा शनिबार र आइतबार उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य ’पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’का विषयमा छलफल गर्ने रहेको बताइएको छ।

कांग्रेस कर्णाली प्रदेश समितिमा अधिकांश पूर्णबहादुर खड्का अर्थात् वर्तमान संस्थापन इतर पक्षको बाहुल्यता छ । गगन थापा, विश्वप्रकाश शर्मा लगायतले विशेष महाधिवेशनको आयोजना गर्दा त्यो बेला कांग्रेस कर्णाली पूर्णबहादुर खड्कातर्फ अर्थात् विशेषको पक्षमा उभिएको थिएन ।

विशेष महाधिवेशनपछि पनि खड्का अदालत पुगे । तर अदालतले गगनकुमार थापाकै पक्षमा फैसला गर्याे ।

अझै पनि खड्काले गगनकुमार थापाको नेतृत्वलाई स्वीकार गरेका छैनन् ‌। उनै खड्कालाई ल्याएर कांग्रेस कर्णालीले गर्न लागेको कार्यक्रमलाई अर्थपुर्ण रुपमा हेरिएको छ। खड्का बिहीबार नै कार्यक्रमका लागि सुर्खेत आइसकेका छन्।

कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीका अनुसार वीरेन्द्रनगरको शुभ होटलमा हुने कार्यक्रममा कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, संघीय सांसद, प्रदेश सांसद, पार्टीकातर्फबाट निर्वाचित जिल्ला समन्वय समिति प्रमुख एवम् उपप्रमुख, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुख, कर्णाली प्रदेश कार्यसमितिका भ्रातृ तथा शुभचिन्तक संस्थाका पदाधिकारीहरु, क्षेत्र, प्रदेश र पालिका सभापतिलाई आमन्त्रण गरिएको छ ।

यस्तै सुर्खेत जिल्ला कार्यसमिति, क्षेत्रीय समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु, वडा सभापति र वडाध्यक्षहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।

प्रदेश महामन्त्री निरञ्जन केसीले पार्टीको बृहत्तर एकताका लागि विचार गोष्ठीको आयोजना गरिएको बताए । उनले संघदेखि स्थानीय तहसम्म कर्णालीमा कांग्रेस पहिलो पार्टी रहेको बताउँदै यसलाई अझ एकतावद्ध बनाउनका लागि विचार गोष्ठीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताए ।

‘कर्णालीबाट एकताको सन्देश प्रवाह गर्नका लागि विचार गोष्ठीको आयोजना गरेका हौं,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप