मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता
कास्की । कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा एक जना स्वदेशी पर्यटक बेपत्ता भएका छन् । काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो मर्दी पदयात्राका क्रममा यही वैशाख ३० गते दिउँसो २ः०० बजेदेखि सम्पर्कविहीन भएको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले जानकारी दिए ।
समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित मर्दीको भ्यूप्वाइन्टस्थित ‘टीसप’मा आफ्नो झोला राखेर ‘केहीबेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै’ निस्किएको धामिसरो साँझसम्म नफर्किएपछि मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा स्थानीय पर्यटन व्यवसायीले बिहीबार विहानदेखि नै खोजी सुरु गरेका थिए । तर शुक्रबार साँझसम्म सम्पर्कविहीन पर्यटकको बारेमा कुनै जानकारी नपाइएको वडाध्यक्ष क्षेत्रीले बताए ।
“पहिरनका आधारमा पोखरास्थित बुद्धविहारमा जानकारी गराएपछि हराएका व्यक्तिको परिचय खुलेको हो । स्थानीयले बिहीबार दिनभर खोजी गर्दासमेत फेला नपरेपछि प्रहरीमा जानकारी गराएका थियौँ । अहिले प्रहरी हराएको ठाउँमा जाँदैछ”, वडाध्यक्ष क्षेत्रीले भने ।
मर्दीको आधार शिविर र भ्यूप्वाइन्ट क्षेत्रमा केही दिनदेखि पानी परेको र बाक्लो हिमपातका कारणले समेत खोजीमा कठिनाइ भएको बताइन्छ । पर्यटक हराएको सूचनापछि प्रहरी खोजीका लागि गएको छ । खोजीमा गएको प्रहरी टोली शुक्रबार साँझ लोक्याम्प पुगेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष तामाङले बताए ।
मर्दी पदयात्राका क्रममा यसअघि पनि पर्यटक हराउने गरेका थिए । एकल पदयात्रामा जानेहरू बढी हराउने गरेको पर्यटन व्यवसायी बताउँछन् । मर्दीको हाइक्याम्प, भ्यूप्वाइन्ट र आधा शिविरबाट बढी पर्यटक हराउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण