मध्यपहाडी राजमार्गको चौरजहारी खण्ड २० दिनका लागि बन्द
सारांश
- मध्यपहाडी राजमार्गको चौरजहारी खण्ड सडक ढलान कार्यका लागि २० दिनका लागि बन्द गरिएको छ ।
- रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ३ को स्यालापाखा–मुसिकोट खण्डमा आवधिक मर्मत सम्भार अन्तर्गत ढलान कार्य गरिनेछ ।
- यात्रु तथा सवारी साधनहरूका लागि वैकल्पिक मार्गको रूपमा चौरजहारी–रुकुम पश्चिमदेखि कुदु–जाजरकोट झोलुङ्गे पुल प्रयोग गर्न भनिएको छ ।
काठमाडौँ । मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा आज (२०८३ जेठ २ गते) देखि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ । सडक डिभिजन कार्यालय, चौरजहारीले सडक ढलान कार्यका लागि आगामी २० दिनसम्म यो सडक खण्ड बन्द रहने जानकारी दिएको हो ।
मध्यपहाडी राजमार्गको स्यालापाखा–मुसिकोट खण्ड अन्तर्गत चौरजहारी नगरपालिका वडा नं. ३ को क्षेत्रमा अहिले आवधिक मर्मत सम्भारको काम भइरहेको छ । सोही योजना अन्तर्गत टाँटागाउँ स्यालाखोला (चौरजहारी) देखि मटेलातर्फ जोड्ने सडकमा ढलान कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्नु परेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सूचना अनुसार आज २०८३ जेठ २ गतेदेखि जेठ २२ गतेसम्म जम्मा २० दिनका लागि यो सडक पूर्ण रूपमा बन्द रहनेछ । निर्माण कार्यलाई तीव्रता दिन र गुणस्तरीय ढलानका लागि सवारी आवागमन रोक्नु अनिवार्य भएको डिभिजन कार्यालयको भनाइ छ।
सडक बन्द भएको अवधिभर यात्री तथा सवारी साधनहरूका लागि वैकल्पिक मार्ग तोकिएको छ। चौरजहारी–रुकुम पश्चिमदेखि कुदु–जाजरकोट झोलुङ्गे पुल हुँदै यात्रा गर्न सबैमा अनुरोध गरिएको छ।
_3a3jrcvqbW.png)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण