भारतमा चाँदी आयातमा कडाइ, आयात खर्च घटाएर रुपैयाँलाई समर्थन गर्ने प्रयास
सारांश
- भारत सरकारले तत्काल लागू हुने गरी अधिकांश प्रकारका चाँदी आयातमा प्रतिबन्ध लगाएको छ ।
- यो कदम आयात खर्च घटाउने र भारतीय रुपैयाँमाथिको दबाब कम गर्ने उद्देश्यले चालिएको हो ।
- यस निर्णयपछि भारतमा चाँदीको आयात घट्ने तथा आन्तरिक बजारमा आपूर्ति कडा हुने अपेक्षा गरिएको छ ।
नयाँ दिल्ली । भारत सरकारले तत्काल लागू हुने गरी अधिकांश प्रकारका चाँदी आयातमा प्रतिबन्ध लगाएको छ । सरकारको शनिबार जारी आदेशअनुसार यो कदम आयात खर्च घटाउने र भारतीय रुपैयाँमाथिको दबाब कम गर्ने उद्देश्यले चालिएको हो ।
नयाँ नियमअनुसार ९९ दशमलव ९ प्रतिशत शुद्धताका चाँदीका बार तथा अन्य अर्ध–निर्मित चाँदीजन्य सामग्रीलाई “प्रतिबन्धित” श्रेणीमा राखिएको छ । यी दुई श्रेणीले गत आर्थिक वर्षमा भारतको कुल चाँदी आयातको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका थिए ।
यो निर्णयपछि भारतमा चाँदीको आयात घट्ने तथा आन्तरिक बजारमा आपूर्ति कडा हुने अपेक्षा गरिएको छ । यसले स्थानीय बजारमा चाँदीको प्रिमियम बढाउन सक्ने व्यापारीहरूको भनाइ छ । गुजरातस्थित प्रमुख चाँदी आयातकर्ता अमरपाली ग्रुपका प्रमुख कार्यकारी चिराग ठक्करले भने, “सरकारले आयात शुल्क बढाएपछि चाँदी डिस्काउन्टमा कारोबार भइरहेको थियो, तर अब केही साताभित्र प्रिमियममा कारोबार हुन सक्छ ।”
भारतले आफ्नो कुल चाँदी उपभोगको ८० प्रतिशतभन्दा बढी हिस्सा आयातमार्फत पूर्ति गर्दै आएको छ । त्यसैले भारतको माग घटेमा अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा पनि दबाब पर्न सक्ने विश्लेषकहरूको अनुमान छ । यसअघि यही साता भारत सरकारले सुन र चाँदी आयातमा लाग्ने शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको थियो ।
विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिका विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न तथा बहुमूल्य धातुको आयात नियन्त्रण गर्न सरकारले यस्तो कदम चालेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण