धादिङका सन्तोष राईको शव कम्बोडियामा अलपत्र, सहयोग गरिदिन परिवारको आग्रह
सारांश
- कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव आर्थिक समस्या र कानुनी झन्झटका कारण नेपाल ल्याउन नसक्दा परिवार पीडामा परेको छ ।
- राईको वैशाख २९ गते मस्तिष्क रक्तस्रापका कारण कम्बोडियामा मृत्यु भएको थियो ।
- शव नेपाल ल्याउन कम्तीमा १५ लाख लाग्ने अनुमान छ ।
काठमाडौँ । पाँच दिनअघि कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव आर्थिक समस्या र कानुनी झन्झटका कारण नेपाल ल्याउन नसक्दा मृतकका परिवार थप पीडामा परेको छ ।
धादिङको धुनीवेशी नगरपालिका–९ स्थित जुगेडी निवासी राईको वैशाख २९ गते ‘हेमोरेजिक स्ट्रोक’ मस्तिष्क रक्तस्रापका कारण कम्बोडियामा मृत्यु भएको थियो । गतवर्ष भदौमा रोजगारीको सिलसिलामा भारत हुँदै कम्बोडिया पुगेका उनी उपचारको क्रममा काल्मेट अस्पतालमा भर्ना भएका थिए । त्यही निधन भएका उनको शव आर्थिक अभाव र कानुनी झन्झटका कारण नेपाल ल्याउन नसकिएको श्रीमती जुनु राईले पीडा पोखिन् ।
‘उहाँ गतवर्ष भदौमा भारत हुँदै कम्बोडिया जानुभएको थियो । अहिले एक्कासि मृत्यु भएको खबर आउँदा निकै पीडा भएको छ । शव नेपाल ल्याउन कम्तीमा पनि १५ लाख चाहिन्छ भन्छन् । कुन मेनपावरबाट गएका हुन् ? कहाँ सम्पर्क गर्ने हो केही थाहा छैन । आर्थिक अवस्था पनि कमजोर भएकाले स्रोत कहाँबाट जुटाउने अन्योलमा छौँ । शव ल्याउनका लागि पहल गरिदिनुहुन सबै जनामा म आग्रह गर्छु’, उनले आइतबार बिहान रातोपाटीसँग भनिन् ।
कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली राजदूतावासले प्रवेशज्ञाको अवधिभन्दा बढी कम्बोडियामा बसिरहेका राईलाई 'ओभर स्टे फाइन' कम्बोडिया सरकारबाट माफी गराई वैशाख ३० गते घर फर्काउने तयारी भएकै बेला यो घटना भएको बताएको छ । उनी बिरामी भएकै बेला दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो ।
‘निजलाई मुटु तथा श्वासप्रश्वासमा समस्या आई नजिकैको अस्पतालमा लगिएकोमा अस्पतालबाट निजको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको ब्यहोरा कम्बोडियामा रहनु भएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका पदाधिकारीले बताउनु भएको छ । थप उपचारको लागि धेरै नै खर्च लाग्ने भएको तथा सोको खर्च परिवारले व्यवस्था गर्न नसकेको ब्यहोरा जानकारी गराउँदै निजको तत्काल उपचारको लागि आवश्यक उपचार खर्चको व्यवस्था गरी निजको उपचारको व्यवस्था गरिदिन गैरआवासीय नेपाली संघका पदाधिकारीबाट अनुरोध भई आएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ’, पत्राचारमा भनिएको छ ।
यस विषयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग सम्पर्क गर्न खोज्दा कार्यक्रममा व्यस्त रहेकाले पछि कुरा गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण