कतार र साउदी अर्थमन्त्रीबिच फोनवार्ता : अमेरिका–इरान युद्धविरामबारे छलफल
दोहा । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदसँग टेलिफोन वार्ता गरेका छन् । दोहाबाट जारी विज्ञप्तिअनुसार वार्तामा दुई देशबिचको सम्बन्ध तथा क्षेत्रीय पछिल्ला घटनाक्रमबारे छलफल भएको हो ।
वार्ताका क्रममा अमेरिका र इरानबिच भएको युद्धविराम, क्षेत्रीय तनाव न्यूनीकरणका प्रयास तथा मध्यस्थतासम्बन्धी पहलहरूबारे विशेष रूपमा चर्चा भएको बताइएको छ । कतारी प्रधानमन्त्री शेख मोहम्मदले सङ्कटको मूल कारण समाधान गर्न संवादमार्फत अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले सबै पक्षलाई जारी कूटनीतिक तथा मध्यस्थता प्रयासमा सकारात्मक प्रतिक्रिया दिन आग्रह गरेका छन् । दीर्घकालीन र दिगो सहमति आवश्यक रहेको उल्लेख गर्दै उनले भविष्यमा पुनः तनाव बढ्न नदिन राजनीतिक संवाद नै सबैभन्दा प्रभावकारी उपाय हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण