‘युनिभर्सिटी अफ गुण्डाज’ मा सलिनमानको जोडी जापानिज मिना
सारांश
- फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ मा अभिनेता सलिनमान बनियाँको जोडीका रूपमा जापानिज अभिनेत्री मिना यशोदा अनुबन्धित भएकी छन् ।
- नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि भएकी मिना यशोदाले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।
- सुरेश न्यौपानेले निर्देशन गर्ने यो फिल्म प्रि-प्रोडक्सनमा रहेको छ र छिट्टै छायाङ्कनमा जाने तयारी भइरहेको छ ।
काठमाडौँ । फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ मा अभिनेता सलिनमान बनियाँको जोडी जापानिज मिना यशोदा बन्ने भएकी छन् । निर्माण टिमले फिल्मको अभिनेत्रीका रूपमा यशोदालाई अनुबन्धित गरेको हो ।
नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि (बुवा नेपाली र आमा जापानी) भएकी मिनाले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । यशोदा जापानमै बस्दै आएकी छन् ।
निर्माण पक्षले यशोदाको बारेमा थाप जानकारी केही पछि दिने भएको छ । सलिनमानकै कथा रहेको फिल्म सुरेश न्यौपानेले निर्देशन गर्दैछन् । फिल्मको मुख्य भूमिकामा सलिनमान र मिनाको अलवा सलोन बस्नेत पनि देखिनेछन् ।
फिल्ममा सौरभ लामा (डिओपी), मन्दिप गौतम (स्क्रिन प्ले), रोमन बज्राचार्य (ब्याकग्राउण्ड स्कोर), सम्राट बस्नेत (एक्सन निर्देशन), मनोज श्रेष्ठ (भिएफएक्स), बन्दे प्रसाद (सम्पादन तथा ट्रेलर), मुकेश शाह (साउन्ड डिजाइन) र राजेन्द्र मोक्तान (कलर) मा काम गर्दैछन् ।
फिल्मको प्रोडक्सन म्यानेजरमा सुवास काफ्ले रहेका छन् । फिल्म प्रि–प्रोडक्सनमा रहेकोले छिट्टै छायाङ्कन जाने तयारी भइरहेको प्रोडक्सन म्यानेजर सुवास काफ्ले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण