अपराध
जोरपाटीबाट खैरो हेरोइनसहित ७ जना पक्राउ
आइतबार, ०३ जेठ २०८३, १८ : ४९
काठमाडौँ । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ स्थित जोरपाटीबाट ७ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । जेठ १ मा पक्राउ परेका आरोपीहरुको साथबाट १२.६४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सोलुखुम्बु घर भएका ५० वर्षीय प्रशान्त राई, दोलखा घर भएका ४७ वर्षीय पेम्बा तामाङ, गोकर्णेश्वर घर भएका २३ वर्षीय अनिल केसी, ४४ वर्षीय वसन्त तिमल्सिना, ३७ वर्षीय विक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली र ३५ वर्षीय देवेन्द्र अर्याल छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद लिउर अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण