उपचारको क्रममा मृत्यु भएकी महिलाको सुनको मुन्द्रा गायब, सुन बराबरको रकम अस्पतालले तिर्यो
सारांश
- विराटनगरको ग्रिनक्रस अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलाको शवबाट सुनको मुन्द्रा चोरी भएको छ।
- अस्पताल प्रशासनले आफन्तको विरोधपछि सुन बराबरको रकम तिरेर घटना सामसुम पार्ने प्रयास गरेको छ।
- प्रहरीले अस्पतालमा शवबाट सुन हराएको विषयमा गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको छ।
विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएकी एक महिलाको शवबाटै सुनका मुन्द्रा गायब पारिएको छ ।
अस्पतालको लापरबाही र सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै आफन्तले विरोध गरेपछि अस्पताल प्रशासनले सुन बराबरको रकम तिरेर घटना सामसुम पार्ने प्रयास गरेको हो ।
विष सेवनपछि जेठ १ गते भर्ना भएकी उदयपुर त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारको आइतबार बिहान मृत्यु भएको थियो । मृत्यु घोषणा हुनुअघि ईसीजी गर्ने बहानामा पर्दा लगाएर बिरामीको दुवै कानमा रहेको एक तोला बराबरको मुन्द्रा चोरी भएको परिवारको दाबी छ ।
सुरुमा सुन हराएको कुरालाई अस्वीकार गरेको अस्पताल प्रशासन आफन्तले उपचारकै क्रममा खिचिएको भिडियो देखाएपछि पछि हटेको थियो । भिडियोमा मृतकको कानमा मुन्द्रा स्पष्ट देखिएको र सीसी क्यामेरा फुटेजमा समेत शङ्कास्पद दृश्य देखिएपछि अस्पतालले सुन हराएको स्वीकार गरेको हो ।
प्रहरीको उपस्थितिमा भएको छलफलपछि अस्पताल प्रशासनले दोषी कर्मचारीमाथि छानबिन गर्ने सर्तमा मृतकका परिवारलाई एक तोला सुन बराबरको चेक काटेर दिएको छ । तर, अस्पतालका सञ्चालक कृष्ण खवासले भने यसबारे अनभिज्ञता प्रकट गर्दै घटना पन्छाउन खोजेका छन् ।
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले अस्पतालमा शवबाट सुन हराएको विषयमा गम्भीरतापूर्वक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण