एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ‘स्क्यान मा सुन’ योजना सार्वजनिक, सुनको बल जित्ने अवसर
काठमाडौँ । नेपाली युवामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विश्वकप फुटबल प्रतियोगिता २०२६ को अवसर पारेर “स्क्यान मा सुन” नामक उपहार योजना सार्वजनिक गरेको छ । फुटबलका लाखौं समर्थकलाई लक्षित गर्दै कम्पनीले यो अभियान बजारमा ल्याएको हो ।
यस योजनामा सहभागी हुन ग्राहकले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भर्नुपर्नेछ । विवरण भरेपछि उनीहरू स्वतः गोलाप्रथामा सहभागी हुनेछन् ।
कम्पनीका अनुसार अभियानमार्फत गोलाप्रथाबाट छानिएका ३ जना भाग्यशाली विजेताले १–१ वटा सुनको बल पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । यो योजना जेष्ठ १ गतेदेखि विश्वकप फुटबल २०२६ को खेल अवधिभर सञ्चालन हुनेछ ।
विश्वकपको विश्वव्यापी उत्साहलाई नेपाली बजार र यहाँका ग्राहकसँग जोड्दै उनीहरूलाई थप उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ । ‘स्क्यान मा सुन’ अभियानले फुटबल प्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकसाथ प्रदान गर्ने कम्पनीको विश्वास छ ।
विगतमा पनि युवा लक्षित विभिन्न नवीनतम अभियान सञ्चालन गर्दै आएको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले यस अभियानले बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरेको छ । अभियानसम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आधिकारिक सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण