बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

सोमबार, ०४ जेठ २०८३, ०८ : ४१
सोमबार, ०४ जेठ २०८३

सारांश

  • सरकारले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ।
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कर्णाली, न्याम्स, पाटन, पोखरा, राप्ती र बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवेदन मागेको हो।
  • इच्छुक तथा योग्य व्यक्तिहरूले मन्त्रालयको वेबसाइटमार्फत १० दिनभित्र आवेदन दिन सक्नेछन्।

काठमाडौँ । सरकारले देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का लागि आवेदन मागेको हो।

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार गठित छनोट तथा सिफारिस समितिले उपयुक्त उम्मेदवार सिफारिस गर्न प्रक्रिया अघि बढाएको जनाएको छ।

इच्छुक तथा योग्य व्यक्तिहरूले मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध लिङ्कमार्फत १० दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप