मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मलेसियासँग दुई वटा टी-२० खेल खेल्दै नेपाली महिला टोली

सोमबार, ०४ जेठ २०८३, ०९ : ३५
सोमबार, ०४ जेठ २०८३

सारांश

  • नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स वुमेन्स क्वालिफायर, २०२६ को तयारीका लागि मलेसियासँग दुई वटा टी-२० अभ्यास खेल खेल्नेछ।
  • यी मैत्रीपूर्ण खेलहरू मे २० र मे २२ मा मलेसियामा आयोजना हुनेछन्।
  • प्रतियोगिताको तयारी र रणनीति बलियो बनाउने अवसरका रूपमा यो शृङ्खलालाई हेरिएको छ।

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसियन गेम्स वुमेन्स क्वालिफायर, २०२६ को तयारीका लागि नेपाली टोलीले घरेलु टोलीसँग दुई वटा टी-२० अभ्यास खेल खेल्ने जानकारी दिएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाद्वारा सोमबार जारी प्रेस विज्ञप्ति अनुसार आगामी मे २३ देखि ३१ सम्म मलेसियामा एसियन गेम्स महिला छनोट प्रतियोगिता हुँदैछ। सोही प्रतियोगिताको विशेष तयारीका लागि नेपाल र मलेसियाको महिला राष्ट्रिय क्रिकेट टोलीबिच मलेसियामै दुई वटा मैत्रीपूर्ण खेल हुन लागेका हुन्।

सार्वजनिक खेल तालिका अनुसार नेपाल र मलेसियाबिचको पहिलो टी-२० खेल आगामी मे २० मा हुनेछ। त्यसैगरी दोस्रो खेल मे २२ मा खेलिने क्यानले जनाएको छ। 

छनोट खेल सुरु हुनुअघि हुन लागेको यो शृङ्खलालाई नेपाली महिला टोलीको तयारी र रणनीति बलियो बनाउने अवसरका रूपमा हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप