बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

केरलमा कांग्रेस नेतृत्वको नयाँ सरकार, मुख्यमन्त्री सतीशन र २० मन्त्रीले आज शपथ लिँदै

सोमबार, ०४ जेठ २०८३, १० : ११
सोमबार, ०४ जेठ २०८३

सारांश

  • केरलमा कांग्रेस नेता वीडी सतीशनले मुख्यमन्त्री पदको शपथ लिने भएका छन्।
  • मुख्यमन्त्री सतीशनसहित २० जना मन्त्रीले आज केरलको राजधानी तिरुवनन्तपुरममा शपथ लिनेछन्।
  • यसअघि भएको निर्वाचनमा कांग्रेस नेतृत्वको यूडीएफ गठबन्धनले १०२ सिटमा जित हासिल गरेको थियो।

तिरुवनन्तपुरम । भारतकाे केरल राज्यमा सोमबार कांग्रेस नेता वीडी सतीशनले मुख्यमन्त्री पदको शपथ लिने भएका छन्। 

मुख्यमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण समारोह केरलको राजधानी तिरुवनन्तपुरमस्थित सेन्ट्रल स्टेडियममा भारतीय समयअनुसार बिहान १० बजे सुरु हुने तालिका छ।

केरलमा युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) को नयाँ सरकारमा मुख्यमन्त्रीका साथै २० जना मन्त्रीले पनि शपथ लिनेछन्। मन्त्री बन्ने नेताहरूको नाम आइतबार नै सार्वजनिक भइसकेको छ। 

यस विशेष समारोहमा भाग लिन कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गे, कांग्रेस नेता राहुल गान्धी र सांसद प्रियङ्का गान्धी वाड्री तिरुवनन्तपुरम आइपुग्ने कार्यक्रम छ।

नयाँ सरकार गठनसँगै कांग्रेसले विधानसभा सभामुख र उपसभामुखको पद पनि आफ्नै पक्षमा राखेको छ। कांग्रेसले ‘तिरुवनचुर राधाकृष्णन’ लाई विधानसभा सभामुख र ‘शनिमोल उस्मान’ लाई उपसभामुख बनाउने निर्णय गरेको छ।

केरल विधानसभाको १४० सिटका लागि गत चैत २७ गते (९ अप्रिल) मा मतदान भएको थियो। गत ४ मेमा सार्वजनिक भएको मतपरिणाममा कांग्रेस नेतृत्वको यूडीएफ गठबन्धनले १०२ सिटमा सानदार जित दर्ता गर्दै सरकार बनाउने स्पष्ट बहुमत प्राप्त गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप