भारतीय प्रधानमन्त्री मोदीलाई स्वीडेनको सर्वोच्च सम्मान
सोमबार, ०४ जेठ २०८३, १० : १४
सारांश
- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वीडनको सर्वोच्च सम्मान 'रोयल अर्डर अफ पोलर स्टार कमान्डर ग्रान्ड क्रस' प्रदान गरिएको छ।
- यो सम्मान कुनै पनि देशको प्रधानमन्त्री वा राष्ट्र प्रमुखलाई मात्र दिइने स्वीडेनको सर्वोच्च नागरिक सम्मान हो।
- प्रधानमन्त्री मोदीलाई स्वीडेनको ग्योथेनबर्ग सहरमा आयोजित समारोहमा यो सम्मान दिइएको हो, जुन उहाँले पाएको ३१ औँ अन्तर्राष्ट्रिय सम्मान हो।
स्टकहोम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वीडेनमा ‘रोयल अर्डर अफ पोलर स्टार कमान्डर ग्रान्ड क्रस’ सम्मान प्रदान गरिएको छ।
यो स्वीडेनको सर्वोच्च सम्मान हो, जुन कुनै पनि देशको प्रधानमन्त्री वा राष्ट्र प्रमुखलाई मात्र दिने गरिन्छ।
प्रधानमन्त्री मोदीलाई स्वीडेनको ग्योथेनबर्ग सहरमा आइतबार आयोजित एक विशेष समारोहका बिच यो सम्मान दिइएको हो। यो प्रधानमन्त्री मोदीले पाएको ३१ औँ अन्तर्राष्ट्रिय सम्मान हो।
मोदीलाई सम्मानित गर्ने उक्त कार्यक्रममा स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसन लगायत विभिन्न देशका उच्च नेताहरूको उपस्थिति रहेको थियो। ‘रोयल अर्डर अफ द पोलर स्टार’ सम्मानको सुरुवात सन् १७४८ मा भएको हो।
स्वीडेन वा स्वीडेनको हितका लागि गरिएको विशिष्ट कार्यको उच्च मूल्याङ्कन र पहिचान गर्नका लागि यो पुरस्कार स्थापना गरिएको इतिहास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण