निर्माण व्यवसायीद्वारा खानेपानी तथा ढल व्यवस्थापन विभागलाई ज्ञापनपत्र
सारांश
- निर्माण व्यवसायीहरूले निर्माण सामग्रीको मूल्यवृद्धिका कारण खरिद गर्न नसकिने स्थिति आएको भन्दै खानेपानी तथा ढल व्यवस्थापन विभागलाई ज्ञापनपत्र बुझाएका छन् ।
- डिजेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँबाट २२५ रुपैयाँ र बिटुमिनको मूल्य प्रति केजी ७५ रुपैयाँबाट १५५ रुपैयाँ पुगेको छ, जसले गर्दा व्यवसायीहरूलाई करिब १० अर्ब रुपैयाँ नोक्सानी भएको छ ।
- व्यवसायीहरूले सबै किसिमका ठेक्काहरूमा वैज्ञानिक मूल्य समायोजन, काम रोकिएका व्यवसायीहरूलाई कालोसूचीमा नराख्न र आयोजनाहरूको म्याद थप तथा बजेट व्यवस्थापन गर्न माग गरेका छन् ।
काठमाडौँ । आज नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) ले निर्माण सामग्रीको मूल्यवृद्धिका कारण खरिद गर्न नसकिने स्थिति आएको भन्दै खानेपानी तथा ढल व्यवस्थापन विभागलाई ज्ञापनपत्र बुझाएको छ । पाँच दिनदेखि निर्माण व्यवसायी आन्दोलनमा रहेकै बेला महासङ्घले ज्ञापनपत्र बुझाएको हाे ।
महासंघका अनुसार रुस–युक्रेन युद्ध अघि प्रति लिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य अहिले २२५ रुपैयाँ पुगेको छ । त्यसैगरी प्रति केजी ७५ रुपैयाँ पर्ने बिटुमिनको मूल्य बढेर १५५ रुपैयाँ पुगेको छ । यसरी इन्धन र निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूलाई करिब १० अर्ब रुपैयाँ नोक्सानी भइसकेको दाबी महासङ्घले गरेको छ ।
छिमेकी मुलुक भारतले इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको अनुपातमा मूल्य समायोजन गरिसक्दा पनि नेपाल सरकारले भने पटक–पटकको अनुरोध र २०७९ वैशाख २२ गते दिएको अल्टिमेटमलाई समेत बेवास्ता गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
‘पुरानो दररेट र स्टिमेटमा काम गर्न सक्ने अवस्था अब रहेन । जति काम गर्यो त्यति नै घाटा हुने भएकाले व्यवसायीहरू कुनै पनि निर्माण कार्यमा सहभागी हुन सक्दैनन्,’ ज्ञापनपत्रमा भनिएको छ ।
महासङ्घले सरकार समक्ष निम्न मागहरू राखेको छ :
१.सबै किसिमका ठेक्काहरूमा वैज्ञानिक रूपमा मूल्य समायोजनको व्यवस्था गरियोस् ।
२. विषम परिस्थितिका कारण काम रोकिएका व्यवसायीहरूलाई कालो सूचीमा राख्ने र बैङ्क ग्यारेन्टी जफत गर्ने जस्ता कार्य नगरियोस् ।
३. समयमै काम नसकिने भएकाले आयोजनाहरूको म्याद थप र बजेट व्यवस्थापन गरियोस् ।
निर्माण कार्य ठप्प हुँदा उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी समेत दिइएको छ । निर्माण उद्योगले नेपालको कुल गार्हस्थ्य उत्पादनमा १३ प्रतिशत योगदान दिने र २० लाख भन्दा बढीलाई रोजगारी दिइरहेको सन्दर्भमा यो हडतालले मुलुकको समग्र अर्थतन्त्रमा प्रभाव पार्ने देखिन्छ ।

_YAysFYY02o.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण