मलेसियाली दूतावासको स्पष्टोक्ति : स्वास्थ्य परीक्षणको शुल्क रोजगारदाताकै दायित्व
सारांश
- काठमाडौँस्थित मलेसियाली दूतावासले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण बायोमेडिकल सिस्टम बापतको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने स्पष्ट पारेको छ।
- दूतावासले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कामदारको भर्ना, रोजगारी र फिर्तीसम्बन्धी सन् २०१८ को श्रम सम्झौतालाई स्मरण गराउँदै यस्तो स्पष्टोक्ति दिएको हो।
- यो स्वास्थ्य परीक्षण बापत लाग्ने सम्पूर्ण खर्चको दायित्व मलेसियाली रोजगारदाताकै हुने समझदारीपत्रमा स्पष्ट उल्लेख भएको दूतावासले जनाएको छ।
काठमाडौँ । काठमाडौँस्थित मलेसियाली दूतावासले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण ‘बायोमेडिकल सिस्टम’ बापतको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने स्पष्ट पारेको छ।
दूतावासले सोमबार मा एक सार्वजनिक सूचना जारी गर्दै कामदारको भर्ना, रोजगारी र फिर्तीसम्बन्धी सन् २०१८ को श्रम सम्झौतालाई स्मरण गराउँदै यस्तो स्पष्टोक्ति दिएको हो।
दूतावासको सूचनाअनुसार नेपाल र मलेसिया सरकारबीच २९ अक्टोबर २०१८ मा भएको समझदारीपत्रले मलेसिया जाने नेपाली कामदारको बायोमेडिकल प्रणालीमार्फत स्वास्थ्य परीक्षण गर्न ३६ वटा स्वास्थ्य केन्द्रलाई तोकेको छ। यस प्रयोजनका लागि नेपाल सरकारले लिने शुल्कका अतिरिक्त मलेसिया सरकारले ‘सर्भिस चार्ज’ बापत ३ हजार रुपैयाँ तोकेको छ।
यो स्वास्थ्य परीक्षण बापत लाग्ने सम्पूर्ण खर्चको दायित्व मलेसियाली रोजगारदाताकै हुने समझदारीपत्रमा स्पष्ट उल्लेख भएको दूतावासले जनाएको छ।
साथै, दूतावासले नेपालमा बायोमेडिकल प्रणालीको व्यवस्थापन गर्न, शुल्क उठाउन र वैधानिक रूपमा रकम पठाउनका लागि ‘म्याक्रो टेक प्रालि’ र ‘बेस्टिनेट एसडीएन बीएचडी’ लाई आधिकारिक रूपमा अधिकार दिइएको जानकारी गराएको छ।
यी दुवै कम्पनीले नेपाल र मलेसिया सरकारबिच भएको सहमतिका प्रावधानअनुसार नै आफ्नो सञ्चालन तथा कामकारबाही गरिरहेको दूतावासले सूचनामा उल्लेख गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण