इरान युद्ध अघिनै इजरायलले इराकी मरुभूमिमा बनाएको थियो सैन्य शिविर
सारांश
- द न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार इजरायलमाथि इराकको पश्चिमी मरुभूमिमा दुई गोप्य सैन्य आउट पोस्ट बनाएको आरोप लागेको छ ।
- अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले एउटा बेस युद्ध सुरु हुनुअघि नै स्थापना गरिएको र त्यसमा अमेरिकाको जानकारी रहेको उल्लेख गरेको थियो ।
- इराकी अधिकारीहरूले आफ्नो भूमिमा कुनै पनि विदेशी सैन्य उपस्थिति अनुमति नभएको स्पष्ट पारेका छन् ।
बग्दाद । इराकको पश्चिमी मरुभूमिमा दुई गोप्य सैन्य आउट पोस्ट बनाएको आरोप इजरायलमाथि लागेको छ । द न्यूयोर्क टाइम्सले आइतबार सार्वजनिक गरेको रिपोर्टमा अमेरिकी–इजरायल–इरान युद्धको तयारीका क्रममा यी संरचना निर्माण गरिएको दाबी गरिएको छ ।
रिपोर्टअनुसार इराकी अधिकारीहरूले पश्चिमी मरुभूमिमा इजरायलद्वारा सञ्चालन गरिएका दुई गोप्य बेस पहिचान गरेका छन् । एक इराकी अधिकारी र एक सांसदलाई उद्धृत गर्दै उक्त दाबी गरिएको हो ।
अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले यसअघि प्रकाशित रिपोर्टमा एउटा बेस युद्ध सुरु हुनुअघि नै स्थापना गरिएको र त्यसमा अमेरिकाको जानकारी रहेको उल्लेख गरेको थियो । उक्त संरचना इजरायली विशेष फौजको लागि प्रयोग भएको र हवाई अपरेसनका लागि रसद केन्द्रको रूपमा काम गरेको बताइएको छ । रिपोर्टका अनुसार उक्त बेसमा दुर्घटनाग्रस्त पाइलटहरूको खोज तथा उद्धार क्षमता पनि राखिएको थियो ।
साथै मार्चको सुरुमा इराकी युनिटहरू उक्त स्थान नजिक पुगेपछि इजरायली सेनाले आक्रमण गरेको दाबीसमेत गरिएको छ । उपग्रह तस्बिर विश्लेषण गर्ने स्वतन्त्र विज्ञहरूले उक्त सम्भावित स्थान इराक–साउदी अरेबिया सीमा नजिक रहेको बताएका छन् ।
इराकी अधिकारीहरूले भने आफ्नो भूमिमा कुनै पनि विदेशी सैन्य उपस्थिति अनुमति नभएको स्पष्ट पारेका छन् । इराकी संयुक्त अपरेसनका उपकमान्डर लेफ्टिनेन्ट जनरल कैस अल–मुहम्मदवीले कुनै पनि स्थानमा विदेशी फौजको उपस्थिति स्वीकार्य नभएको बताएका छन् ।
यसैबिच, इजरायलका पूर्व वायुसेना प्रमुख मेजर जनरल तोमेर बारले युद्धका क्रममा इजरायली विशेष फौजले असाधारण अपरेसनहरू सञ्चालन गरेको बताएका छन्, यद्यपि उनले ती अपरेसन कहाँ गरिएको हो भन्ने स्पष्ट पारेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण