सचिवालय बैठक
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता खुला गर्ने एमालेको निर्णय
सोमबार, ०४ जेठ २०८३, १७ : ५५
काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदयस्ता खुला गर्ने निर्णय गरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार सचिवालयको अर्को बैठक जेठ ८ गते बस्नेछ । सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले ११ वटा एजेन्डा पेस गरेका थिए ।
‘पदाधिकारीको वरियता, निर्वाचन समीक्षा, सरकारको कामकारबाही । सदस्यता नवीकरण र विस्तार, पदाधिकारीको कार्य विभाजन, संविधान संशोधन कार्यदल गठन, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, सङ्गठन विभागमा सदस्य मनोनयन र विविध गरी ११ वटा एजेन्डा पेस भएका थिए’, उपमहासचिव भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण