रियल मड्रिडद्वारा ड्यानी कार्भाहालसँगको २३ वर्ष लामो सम्बन्ध अन्त्य भएको घोषणा
सारांश
- रियल मड्रिडले ड्यानी कार्भाहालसँगको २३ वर्ष लामो यात्रा यसै सिजनको अन्त्यसँगै टुंग्याउने औपचारिक घोषणा गरेको छ ।
- क्लबले कार्भाहालसँगको सम्झौता सकिएको सहमति भएको जानकारी दिँदै उनलाई 'क्लब इतिहासका महान् लिजेन्डमध्ये एक' भन्दै सम्मान व्यक्त गरेको छ ।
- कार्भाहालले क्लबका लागि कुल ४५० खेल खेल्दै १४ गोल गरेका छन् र २७ उपाधि जितेका छन् ।
काठमाडौँ । स्पेनिस महारथी क्लब रियल मड्रिडले आफ्ना कप्तान तथा अनुभवी राइट–ब्याक ड्यानी कार्भाहालसँगको लामो यात्रा यसै सिजनको अन्त्यसँगै टुंग्याउने औपचारिक घोषणा गरेको छ ।
क्लबले कार्भाहालसँगको सम्झौता सकिएको सहमति भएको जानकारी दिँदै उनलाई 'क्लब इतिहासका महान् लिजेन्डमध्ये एक' भन्दै सम्मान व्यक्त गरेको छ ।
कार्भाहाल सन् २००२ मा रियल म्याड्रिडको एकेडेमीमा प्रवेश गरेका थिए । त्यसयता उनले २३ सिजन क्लबसँग बिताएका छन्, जसमा १० सिजन एकेडेमी र १३ सिजन सिनियर टिममा बिताएका हुन् । क्लबका लागि उनले कुल ४५० खेल खेल्दै १४ गोल गरेका छन् ।
म्याड्रिडका लागि कार्भाहालको योगदान अत्यन्तै प्रभावशाली मानिन्छ । उनले क्लबबाट कुल २७ उपाधि जितेका छन् । तीमध्ये ६ पटक च्याम्पियन्स लिग, ६ क्लब विश्वकप, ५ युरोपियन सुपर कप, ४ लालिगा, २ कोपा डेल रे र ४ स्पेनिस सुपर कप समावेश छन् ।
उनी फुटबल इतिहासमा यस्ता पाँच खेलाडीमध्ये एक हुन्, जसले ६ पटक युरोपियन कप जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण