बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु, १३ इभेन्टमा २१८ खेलाडी प्रतिस्पर्धामा

सोमबार, ०४ जेठ २०८३, १९ : ३६
सोमबार, ०४ जेठ २०८३

सारांश

  • नेपाली सेनाको आयोजनामा तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा “प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३” आजबाट सुरु भएको छ।
  • यस प्रतियोगितामा १३ वटा क्लबका २१८ जना खेलाडीहरूले १३ इभेन्टअन्तर्गत विभिन्न उमेर समूह र विधामा प्रतिस्पर्धा गर्नेछन्।
  • जेठ १२ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताले राष्ट्रिय स्तरमा टेनिस खेलप्रतिको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान र खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

काठमाडौँ । नेपाली सेनाको आयोजनामा तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा “प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३” आजबाट सुरु भएको छ।  प्रतियोगिताको उद्घाटन साेमबार नेपाली सेनाका बलाधिकृत रथी प्रदिप जंग के.सी. ले गरेका हुन्।

नेपाली सेनाले टेनिस खेलको विकास तथा खेलाडी उत्पादनमा योगदान पुर्‍याउने उद्देश्यसहित वि.सं. २०७८ देखि आयोजना गर्दै आएको यस प्रतियोगितामा यस वर्ष १३ वटा क्लबका २१८ जना खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगितामा १३ वटा इभेन्टअन्तर्गत विभिन्न उमेर समूह र विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा खुल्लातर्फ पुरुष तथा महिला एकल र युगल खेल समावेश गरिएको छ भने भेट्रान्सतर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि, ६५ वर्षमाथि एकल तथा युगल र ७० वर्षमाथि एकल विधामा प्रतिस्पर्धा हुनेछ।

जेठ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटी का पदाधिकारी, विभिन्न टेनिस क्लबका प्रतिनिधि, नेपाली सेनाका उच्च अधिकृत, सञ्चारकर्मी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताले राष्ट्रिय स्तरमा टेनिस खेलप्रतिको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान र खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप