प्रिमियर लिग
हाभर्टजको गोलमा आर्सनल विजयी, शीर्ष स्थान कायमै
मङ्गलबार, ०५ जेठ २०८३, ०४ : ३५
सारांश
- प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नलीलाई १-० गोलले पराजित गरेको छ ।
- खेलको ३६ औं मिनेटमा काइ हाभर्टजले गरेको गोल आर्सनलको जितमा निर्णायक बन्यो ।
- यो जितसँगै आर्सनलले शीर्ष स्थानमा आफ्नो पकड कायमै राख्दै ८२ अंक पुर्याएको छ ।
काठमाडौँ । प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नलीलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा आफ्नो पकड कायमै राखेको छ ।
नेपाली समय अनुसार मंगलबार बिहान १२ः ४५ मा भएको खेलमा आर्सनलले बर्नलीलाई १–० को साँघुरो गोल अन्तरले पराजित गर्यो । आर्सनलको जितमा काइ हाभर्टजले खेलको ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो ।
यो जितसँगै शीर्ष स्थानमा रहेको आर्सनलले ३७ खेलमा २५ जित निकाल्दै आफ्नो अंक ८२ पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना
-
फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी समस्या, भएको के हो ?
-
गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने घटे
-
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
-
एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
-
स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण