पशुपालक महिलाको सम्मेलन काठमाडौँमा
काठमाडौँ । विश्वका विभिन्न देशका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा यही जेठ १२ देखि १५ गतेसम्म हुँदैछ ।
‘ग्लोबल ग्यादरिङ अफ पास्टोरालिस्ट वुमेन’ विषय सम्मेलन सहभागी हुन काठमाडौँमा ४० देशका पशुपालक तथा खुला चरन क्षेत्रमा गरिने पशुपालन (र्यान्च) सञ्चालन गर्ने महिलाहरू सहभागी हुनेछन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रमुख आयोजनामा हुन लागेको यो सम्मेलन अन्तरराष्ट्रिय चरनभूमि तथा पशुपालक वर्ष २०२६ अन्तर्गत हुने पहिलो ठूला विश्वव्यापी कार्यक्रमहरूमध्ये एक हो । कार्यक्रमको उद्देश्य उनीहरूको नेतृत्वलाई सम्मान गर्नु, अनुभव र ज्ञान साटासाट गर्नु तथा पशुपालन, चरनभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउनु हो ।
यस भेलाको मुख्य विषय ‘मेरा घोषणापत्र’लाई पुनः समीक्षा गर्नु रहेको इसिमोडले जनाएको छ । यो घोषणापत्र सन् २०१० मा भारतको ‘मेरा’ क्षेत्रमा आयोजित विश्व भेलामा पशुपालक महिलाहरूले तयार पारेको महत्वपूर्ण राजनीतिक दस्तावेज हो । यस घोषणापत्रले लैङ्गिक समानता, पशुपालक अधिकार र वातावरण संरक्षणको पक्षमा आवाज उठाउँछ । आज पनि यो दस्तावेज पशुपालक महिलाहरूको विश्वव्यापी अभियानका लागि महत्वपूर्ण मानिन्छ ।
पशुपालक महिला तथा बालिकाहरूले चरनभूमिको संरक्षण गर्न र खाद्य तथा रेशा उत्पादनलाई टिकाइराख्न महत्वपूर्ण भूमिका खेलेका छन् । उनीहरू पृथ्वीको लगभग आधा भूभागको संरक्षणमा प्रत्यक्ष रूपमा संलग्न छन् । तर, उनीहरूको योगदानलाई अझै पर्याप्त मान्यता दिइएको छैन ।
धेरै महिलाहरू सुरक्षित भूमिअधिकारको अभाव, जलवायु परिवर्तनको बढी असर तथा नीति निर्माण र निर्णय प्रक्रियाबाट बाहिर राखिने समस्यासँग जुधिरहेका छन् । यस भेलाले उनीहरूको आवाजलाई बलियो बनाउने, उनीहरूको कामलाई सहयोग गर्ने र स्थानीयदेखि विश्वस्तरसम्म निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको इसिमोडद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सहभागीहरूले भूमिअधिकार, आर्थिक आत्मनिर्भरता, परम्परागत ज्ञान, चरनभूमि पुनःस्थापना, जैविक विविधता संरक्षण, शिक्षा, स्वास्थ्य तथा जलवायु सहनशीलतासम्बन्धी अनुभव साटासाट गर्ने बताईएको छ । कार्यक्रममा पशुपालक महिलाहरूको विश्वव्यापी सञ्जाल निर्माण गर्ने र साझा नीतिगत एजेन्डा तयार गर्ने विषयमा पनि छलफल हुनेछ ।
यस एजेन्डालाई संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय मञ्चहरुमा प्रस्तुत गरिनेछ । विभिन्न क्षेत्रका महिलाबीचको सहकार्यले नयाँ उपाय, वकालत रणनीति र भावनात्मक समर्थन आदानप्रदान गर्न सहयोग हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण