मापदण्ड विपरीतका अस्पतालमाथि कडा कारबाही गर्न सांसद ढकालको माग
काठमाडौँ । प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशको स्वास्थ्य क्षेत्रमा बेथिति बढेको भन्दै यस्तो माग गरेकी हुन् ।
यसका साथै सांसद ढकालले सरकारले अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई तत्काल उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता समेत औँल्याएकी छन् । नेपालको संविधानमा स्पष्ट रूपमा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धी मौलिक हकलाई पूर्ण रूपमा लागू गरी सरकारले स्वास्थ्यकर्मीहरूको उचित सम्मान गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
सांसद ढकालले देशको वर्तमान स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भनिन्, ‘स्वास्थ्य सेवा खस्किँदै गएको छ । बिरामी र आफन्तहरू गुनासो गर्न बाध्य छन् । संविधानले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक हक व्यवहारमा किन लागू हुन सकेको छैन ? मापदण्ड नपुगेका अस्पताल, स्वास्थ्य संस्थामाथि सरकारले कडा कारबाही गरोस् । र स्वास्थ्यकर्मीलाई सरकारले सम्मानजनक ढङ्गले पारिश्रमिक दिइयोस् ।’
सांसद ढकालले सरकारले आम नागरिकले पाउने स्वास्थ्य सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने दिशामा ठोस प्रयास गर्न नसकेको भन्दै कडा असन्तुष्टि समेत व्यक्त गरेकी छन् । सरकारी उदासीनताका कारण स्वास्थ्य सेवा कमजोर बन्दै गएको र यसले गर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको तर्फ उनले सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण