प्रहरीले ल्यायो रणनीतिक योजना
सारांश
- नेपाल प्रहरीले नवप्रवर्तन, इमानदारिता र तत्परता मार्फत सेवाको रूपान्तरण गर्ने लक्ष्य सहित तीन वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ ।
- आगामी ३ वर्षभित्र प्रविधीमैत्री रूपान्तरण र नागरिक केन्द्रित सेवालाई मुख्य प्राथमिकतामा राखिएको छ ।
- रणनीतिक योजनाले प्रहरी संगठनलाई अझ सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले रणनीतिक योजना सार्वजनिक गरेको छ । नवप्रवर्तन, इमानदारिता र तत्परता मार्फत सेवाको रूपान्तरण गर्ने लक्ष्य सहित आईजीपी दान बहादुर कार्कीले मंगलबार तीन वर्षे योजना सार्वजनिक गरेका हुन् ।
प्रहरीले आगामी ३ वर्षभित्र प्रविधीमैत्री रूपान्तरण र नागरिक केन्द्रित सेवालाई मुख्य प्राथमिकतामा राखेको छ । रणनीतिक विषयमा चुस्त प्रहरी सेवा–सुरक्षित समुदाय तय गरिएको छ । रणनीतिक योजनाले प्रहरी संगठनलाई अझ सक्षम, उत्तरदायी र भरोसायेग्य संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य लिइएको आईजीपी कार्कीले बताए ।
रणनीतिक योजना सार्वजनिक गर्नुअघि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना २०८० मा भएका लक्ष्य, कार्यगत उद्देश्य र उपलब्धिहरूको समीक्षा गरेको थियो ।
रणनीतिक योजना कार्यान्वयनको माध्यमबाट नागरिक केन्द्रित प्रहरी सेवा, प्रविधिमैत्री रूपान्तरण, माधव अधिकार प्रति प्रतिबद्धता र उच्च व्यावसायिकता मार्फत प्रहरीलाई उत्तरदायी र भरोसायोग्य संस्थाको रूपमा स्थापित गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । रणनीतिक योजनामा सात वटा रणनीतिक क्षेत्र अन्तर्गत ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्य सम्पन्न गर्ने प्रधान कार्यालयको योजना छ ।
प्रहरीले अल्पकालीन र दीर्घकालीन लक्ष तय गरेर योजना लागु गरेको छ । अल्पकालीन लक्ष्यमा नीतिगत र कानुनी सुधार, सुदृढ समुदाय प्रहरी सहकार्य, समस्या र पूर्वानुमानमा आधारित अपराध रोकथाम र नियन्त्रण प्रणाली र कार्य सम्पादनमा आधारित वृत्ति विकासको लक्ष्य लिइएको छ । अपराध अनुसन्धान र प्रहरी कार्यको विशिष्टीकरण र आधारभूत क्षमता विकास तथा सेवा प्रवाहका प्रणालीहरूको कार्यक्षमता र कार्य प्रभावकारितामा सुधार गर्ने लक्ष्य लिइएको छ । सुपरिवेक्षण र मूल्याङ्कनका वैज्ञानिक मापदण्डको विकास र कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण