प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सारांश
- आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा "प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३" र "मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३" प्रस्तुत गरिनेछ ।
- बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
- गत मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
साथै “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्ने, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्ने कार्यसूची छ।
मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ समेत दिएका थिए।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण