बौद्धबाट १२ केजी पोल्याण्ड र दुईवटा हतियार बरामद, ६ जना पक्राउ
सारांश
- प्रहरीले काठमाडौंको बौद्धबाट १२ केजी लागुऔषध पोल्याण्ड, एकथान पेस्तोल र एकथान एयरगन सहित ६ जनालाई पक्राउ गरेको छ ।
- लागुऔषध प्रयोगकर्ताले गाँजालाई पेलेर धुलो बनाएर चुरोटमा राखेर खाने बस्तुलाई पोल्याण्ड भनिन्छ ।
- बौद्धस्थित जबमुडाँडाको फोहोरमैला सङ्कलन केन्द्रमा लुकाएर राखेको अवस्थामा हतियार बरामद गरिएको हो ।
काठमाडौँ । प्रहरीले काठमाडौंको बौद्धबाट १२ केजी लागुऔषध पोल्याण्ड बरामद गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले एकथान पेस्तोल र एकथान एयरगन सहित ६ जनालाई पक्राउ गरेको हो ।
लागुऔषध प्रयोगकर्ताले गाँजालाई पेलेर धुलो बनाएर चुरोटमा राखेर खाने बस्तुलाई पोल्याण्ड भन्ने गरिन्छ । लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेपछि अनुसन्धान गर्दा उनीहरूसँग हतियार पनि रहेको खुलेको थियो ।
बौद्ध स्थित जबमुडाँडाको फोहोरमैला सङ्कलन केन्द्रमा लुकाएर राखेको अवस्थामा एउटा पेस्तोल र एउटा एयरगन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका विनोद अधिकारी, विकाश सुनुवार, सुदिप परियार र सक्सन दोर्जे लामा लगायत छन् । आरोपीहरुमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण