पाकिस्तानी टिकटक स्टार सना युसुफको हत्यारालाई मृत्युदण्डको सजाय
सारांश
- इस्लामाबादको एक अदालतले १७ वर्षीया सोसल मिडिया इन्फ्लुएन्सर सना युसुफको हत्यारा उमर हयातलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
- अदालतले अभियुक्त उमर हयातलाई २० लाख रुपैयाँ क्षतिपूर्ति तिर्न र चोरीको आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ ।
- यो फैसला इस्लामाबाद उच्च अदालतबाट अनुमोदन हुन बाँकी छ ।
इस्लामाबाद । इस्लामाबादको एक अदालतले सामाजिक १७ वर्षीय सोसल मिडिया इन्फ्लुएन्सर सना युसुफको हत्या मुद्दाका अभियुक्त उमर हयातलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
मंगलबार इस्लामाबादको जिल्ला तथा सत्र अदालतले हत्या मुद्दामा आफ्नो फैसला सुनाउँदासुनाउँदै परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति तिर्न उमर हयातलाई आदेश दिएको छ । यसका साथै, उमर हयातलाई साना युसुफको घरमा चोरीको अपराध सहित धेरै आरोपहरूमा कुल २१ वर्षको जेल सजाय सुनाइएको छ ।
सनाको हत्या भएको केही घण्टामै हयात पक्राउ परेका थिए । उनी विरुद्ध करिब एक वर्ष लामो कानुनी सङ्घर्ष चलेको थियो । उक्त घटनापछि पाकिस्तानभर न्यायको माग गर्दै नागरिकहरूले व्यापक प्रदर्शन तथा सामाजिक सञ्जाल अभियान सञ्चालन नै गरेका थिए ।
यो फैसला अब इस्लामाबाद उच्च अदालतबाट अनुमोदन हुन बाँकी छ । फैसला सार्वजनिक भएपछि सामाजिक सञ्जाल एक्समा धेरै पाकिस्तानीहरूले अन्ततः सनाले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण